• ट्रेण्डिङ:

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो

रोदिक खबर

९, भाद्र २०७७
  • 3.4K
    SHARES
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो

    भारत । भारतमा कोरोना भाइरस कोभिड–१९० बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ ।  भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ ।

    भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् ।

    अहिले भारतमा सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा पछिल्लो २४ घण्टामा नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो ।  स्रोतः एएनआई

    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १३:०७:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको