• ट्रेण्डिङ:

हलेसीबजारमा ‘तपाईको मास्क खै ?’

हलेसीबजारमा ‘तपाईको मास्क खै ?’

रोदिक खबर

९, भाद्र २०७७
  • 2.7K
    SHARES
  • हलेसीबजारमा ‘तपाईको मास्क खै ?’

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ । दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला नगरपालिका र ईलाका प्रहरी कार्यालय हलेसीको सहकार्यमा मंगलबार ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो ।

    लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएकाले सचेतना फैलाउने लक्ष्यकासाथ हलेसीबजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो ।

    ‘आफु बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित हलेसीको माल्खु ग्यारेज टोलबाट सुरु भएको र्‍याली लाकुरीभन्ज्याङ, बैंकचोक, रिठ्ठाबोटे, मन्दिर प्राङ्गण, डाँडाबजार हुँदै पुनः लाकुरीभन्ज्याङमा पुगेर समापन गरिएको थियो । अभियानकाक्रममा निकालिएको र्‍यालीमा सहभागीले ‘मास्क अनिवार्य लगाऔं, हाम्रो स्वास्थ्य हाम्रो हातमा, जीवन अमुल्य छ, नियमित साबुन पानीले हात धोऔं’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    अभियानकाक्रममा अति आवश्यक काम बेगर हिडडुल नगर्न, आफुलाई रोग नसार्न र अरुलाई नबाँड्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ । अभियानकाक्रममा मास्क लगाउने तरिका सिकाउनुका साथै स्थानीयलाई मास्क वितरण गरिएको छ ।

    कार्यक्रममा मेयर इवन राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेशप्रसाद खरेल लगायतको सहभागीता रहेको थियो । संक्रमणबाट बच्नका लागि हाललाई मास्क प्रयोग गर्नुको बिकल्प नभएकाले गत साउन २१ गते दिक्तेलबाट ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको थियो ।

    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १६:५०:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको