• ट्रेण्डिङ:

दुर्घटनामा परी बाबु छोराको मृत्यु

दुर्घटनामा परी बाबु छोराको मृत्यु

रोदिक खबर

२९, माघ २०७७
  • 3.3K
    SHARES
  • दुर्घटनामा परी बाबु छोराको मृत्यु

    धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएको दुर्घटनामा धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको मृत्यु भएको हो।

    दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको तथा मोटरसाइकल चालक डा. अधिकारी र उनका बाबु घाइते भएका थिए । घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। सवारी साधन उछिन्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १७:०३:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको