• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट बाराका २ जनाको मृत्यु, नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुग्यो

कोरोना संक्रमणबाट बाराका २ जनाको मृत्यु, नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुग्यो

रोदिक खबर

९, भाद्र २०७७
  • 3.9K
    SHARES
  • कोरोना संक्रमणबाट बाराका २ जनाको मृत्यु, नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुग्यो

    वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । त्यससँगै मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।

    मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

    भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय वृद्ध घरमै आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याइएकोमा भदौ ९ गते मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

    त्यस्तै भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका महागढीमाइई नगरपालिकाका ५९ वर्षका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।

    दुवै तर्फ फोक्सोमा कडा खालको निमोनिया देखिएका उनलाई आईसीयूमा राखेर उपचारको क्रममा मंगलबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यो सँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । जसमध्ये ३० जना पर्साका छन् ।

    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १७:३६:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको