• ट्रेण्डिङ:

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

रोदिक खबर

४, फाल्गुण २०७७
  • 10.0K
    SHARES
  • खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,  एक  घाइते

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्लमास्थित छेकालुङ खोलामा मंगलबार ट्याक्टर दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

    दिक्तेलको चटपटेडाँडाबाट दिक्तेलतर्फ काठ बोकेर आउदै गरेको को.२.त.८५७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा आफन्तको घर गएर फर्कने क्रममा ट्याक्टरमा रहेका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका १८ वर्षीय सञ्जीव खड्काको मृत्यु भएको मृतकका दाजु सागर खड्काले जानकारी दिए । ट्याक्टर करीव ११ बजेतिर दुर्घटना भएको हो ।


    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्द साहका अनुसार ट्याक्टर तीव्र गतिमा रहेका कारण घुम्ति मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो । चालक भने फरार रहेका छन् भने सहसचालक घाइते भएको प्रहरीले जनाइएको छ ।

    घाइते सहचालकको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । मृतकको सव शव परीक्षण गर्नका लागि  जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीे निरीक्षक साहले बताए । 
    घटना घटेलगतै प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

     

    प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १३:३३:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको