खोटाङ । खोटाङको रावा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । साकेला गाँउपालिका–४ मात्तिमका ३७ बर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
रावाबेसी गाँउपालिका–१ को रावा खोलामा राईले करेन्ट लगाएर माछा मार्ने क्रममा बुधवार दिउसो साढे १ बजे अचानक करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मृतक राईको शवलाई परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्द प्रसाद साहले बताए।
जिल्लाको विभिन्न खोलाहरुमा लुकिछिपी करेन्ट लगाएर माछा मार्ने गरेको पाईन्छ ।