'छाडी गयौ' गीतको म्युजिक भिडियो सार्वजनिक

'छाडी गयौ' गीतको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२६, फाल्गुण २०७७
  • 4.0K
    SHARES
  • 'छाडी गयौ' गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको शब्दमा रहेको तेस्रो गीत' 'छाडी गयौ'को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    यस गीतमा नेपाली चलचित्रमा पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको छ भने सुभाष भुषालले यस गीतलाई संगीतवद्द गरेका हुन्।

    गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ। वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ।

    रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    यसअघि गीतकार रसाइलीले 'मनमा भाको तिमी', 'ज्यान दिन राजी भाको छु' बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

    प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १८:४७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको