• ट्रेण्डिङ:

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५ हजार ४७८ जना विधार्थीलाई टिफिन क्यारी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५ हजार ४७८ जना विधार्थीलाई टिफिन क्यारी

रोदिक खबर

२६, फाल्गुण २०७७
  • 4.4K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५ हजार ४७८ जना विधार्थीलाई टिफिन क्यारी

     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित ९३ सामुदायिक विद्यालयका पाँच हजार ४७८ विद्यार्थीका लागि ४७८ जना विधार्थीलाई निःशुल्क टिफिन क्यारी वितरण गर्ने भएको छ ।

    संघीय सरकारले दिवा खाजा कार्यक्रमलाई पैसा दिए पनि दिवा खाजा वोक्नका लागि टिफिन क्यारी नहुंदा समस्या हुने भन्दै नगरपालिकाले आफ्नो बजेटबाट टिफिन क्यारी खरीद गरी वितरण गरेको हो । बुधबार कालिका मावि नेर्पाबाट नगरपालिकाले टिफिन क्यारी वितरण सुरु गरेको छ ।

    सो माविका विधार्थीहरुलाई नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरिक्षक सरोज कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक गोविन्द साह,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का वडाध्यक्ष माधव राई लगायतले टिफिन क्यारी वितरण गरेका थिए । टिफिन क्यारी दिवा खाजाको सुविधा पाउने विधार्थीहरुलाई वितरण गरिनेछ ।

    प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - २२:३६:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको