बिहिवार, कार्तिक १३ गते २०८३

सडक कालोपत्रेको काम समयमा सम्पन्न गर्न नगरप्रमुख रिजालको निर्देशन 

सडक कालोपत्रेको काम समयमा सम्पन्न गर्न नगरप्रमुख रिजालको निर्देशन 

रोदिक खबर

२७, फाल्गुण २०७७
  • 5.2K
    SHARES
  • सडक कालोपत्रेको काम समयमा सम्पन्न गर्न नगरप्रमुख रिजालको निर्देशन 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक कालोपत्रेको काम समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि लथालिङ्ग बनेको खोटाङको महुरे–राजापानी सिमपानी सडकको काम सुचारु गराउदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले समयमा काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

    काममा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार र प्रशासनले चासो देखाएपछि कामको जिम्मा लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीसंग अर्को नयाँ निर्माण कम्पनी ग्राइन डिजाइन एण्ड कन्ट्रक्सनले सम्झौता गरेर बुधवारबाट काम शुरु गरेको हो । 

    महुरे–राजापानी सिमपानी भञ्ज्याङ (२२ किलोमिटर) खण्डको कालोपत्रेको काममा भइरहेको चरम ढिलासुस्तीका विषयमा खबरदारी गर्न बुधवार सडक निर्माणस्थल पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको टोलीले निर्माण कम्पनीका प्रमुख दिनेश पुडासैनीलाई भेटेर महुरेको जिरो प्वइन्टबाट काम शुरु गराएको हो ।

    5.jpg

    निर्माण कम्पनीका प्रमुख पुडासैनी डेढदेखि दुई वर्षभित्रमा काम पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । कम्पनीका प्रमुख पुडासैनीका अनुसार भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले काम गर्ने क्रममा स्थानीयले पाउनुपर्ने रकमको ३५ प्रतिशत अर्थात करीव ३० लाख रकम भूक्तानी दिइएको छ । बाँकी रकम पनि कम्पनीले भूक्तानी दिदै जाने पुडासैनीले बताए ।

    भारत कन्ट्रक्सन÷सिद्धी शाहीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । 

    महुरे–फोक्सिङटार सडक कालोपत्रे भएपछि दिक्तेल र गाईघाटलाई जोड्ने छोटो स्थायी बाटो खुल्नेछ । हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझैपनि हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ ।

    काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको बुइपाका स्थानीय मिलन राईले बताए । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको छ । 

    गुणस्तरमाथि स्थानीयको प्रश्नै–प्रश्न 


    महुरे–फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे–सिमपानी (राजापानी) खण्डमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले २०७६ साल पुस २३ गते करिव ३० मिटर ड्रेन भत्काइदिएका थिए ।

    सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीयले २०७६ साल पुस २० गतेदेखि महिना दिन र फागुन ८ गतेदेखि दुई दिन सडकको काम ठप्प बनाएका थिए । 

    हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साविकको राजापानी–२) मा सव–बेस ओछ्याउनका लागि पाखाबाट ल्याइएको गिटी तथा पाखाकै बालुवालाई ढलानको काममा प्रयोग गरिरहेको भन्दै स्थानीयले गत भदौमा  आवाज उठाएका थिए ।

    डे«न निर्माणकाक्रममा पाखाबाट उठाएर ल्याइएको सव–बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि राजापानीका वडाध्यक्ष सन्तोष खत्रीले गत भदौ १२ गते रोक लगाएका थिए ।

    सडकको गुणस्तरका बारेमा जनताले पटक–पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताईन् ।

    प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - ०९:०८:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको