• ट्रेण्डिङ:

खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, समितिले गर्‍यो कक्षा अनुगमन 

खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, समितिले गर्‍यो कक्षा अनुगमन 

रोदिक खबर

२९, फाल्गुण २०७७
  • 5.2K
    SHARES
  • खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, समितिले गर्‍यो कक्षा अनुगमन 

    खोटाङ ।  खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समिति गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमको संयोजकत्वमा १० सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (तथ्यांक, नीति तथा अनुसन्धान शाखा) को गत पुस १२ गतेको प्राप्त पत्र अनुसार राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्न बसेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम निर्देशक समितिको बैठकको निर्णय अनुसार शिक्षा विकास तथा समन्वय इकाइको नेतृत्वमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समिति गठन गरिएको हो । 

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिको सदस्यमा शिक्षक महासंघ, गैसस महासंघ, पत्रकार महासंघ, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, स्थानीय तहको शिक्षा शाखा हेर्ने अधिकारी लगायत समेटिएका छन् । हाल खोटाङ सहित मुलुभरका ३८ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भइसकेको छ ।

    चालु आर्थिक वर्षदेखि खोटाङका १० स्थानीय तहका ४८५ विद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन सुरु गरिएको हो । वालबिकासदेखि कक्षा ३ सम्मका विद्यार्थीको नेपाली विषय लगायतको पढाइ सीप सुधार गर्ने लक्ष्यका साथ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागू गरिएको हो ।

    पढाइ कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यूएसएडको सहयोगमा वालबिकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई सन्दर्भ सामग्री प्रदान, स्थानीय तहका शिक्षा अधिकृत, सामाजिक बिकास समिति तथा योजना अधिकृतलाई ५ दिनको क्षमता अभिबृद्धि तालिमको प्रवन्ध गरिसकिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका संयोजक शान्ता राईले बताईन् । 

    पाँच विद्यालयको कक्षा अनुगमन 

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समिति गठन लगत्तै पाँच विद्यालय तथा कक्षा अनुगमन गरिएको छ । सरस्वती माबि दिक्तेल, जालपा माबि जालपा, ज्योति मावि जालपा, महेन्द्रोद्धय मावि हलेसी र दुर्छिम मावि दुर्छिमको कक्षा अवलोकन गरिएको हो ।

    विद्यालयको समग्र शैक्षिक तथा कक्षा कोठाको सिकाई वातावरण, शैक्षणिक क्रियाकलाप लगायतका विषयमा अवलोकन गरिएको समितिले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ००:१२:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको