• ट्रेण्डिङ:

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

रोदिक खबर

१, चैत्र २०७७
  • 3.7K
    SHARES
  • प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

    बिराटनगर । प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

    प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भइसकेको छ र अबको बैठकमा छलफल गर्नुपर्नेछ । तर फागुन ९ गते नै पेश भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल नै भएको छैन ।

    फागुन ९ गते अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । चैत २ गतेको बैठक पनि एक दिनअघि सूचना टाँसेर स्थगित गरिएको हो ।

    pradesh-sava-1-notice.png

    प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - १३:३३:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको