शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

मौसम पूर्वानुमान : ३ दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने

मौसम पूर्वानुमान : ३ दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने

रोदिक खबर

४, चैत्र २०७७
  • 3.1K
    SHARES
  • मौसम पूर्वानुमान : ३ दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने

     काठमाडौं । आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

    अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम रहने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।

    प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १०:३३:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको