शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सात पत्रकारलाई तुवाचुङ साप्ताहिक पुरस्कार

सात पत्रकारलाई तुवाचुङ साप्ताहिक पुरस्कार

रोदिक खबर

४, चैत्र २०७७
  • 3.8K
    SHARES
  • सात पत्रकारलाई तुवाचुङ साप्ताहिक पुरस्कार

    खोटाङ । खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले युवा उद्यमी र पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । तुवाचुङ साप्ताहिकले दोश्रो वार्षिकोत्सवको अवशरमा १५ हजार राशीको तुवाचुङ युवा उद्यमी पुरस्कारबाट एक जना युवा उद्यमीलाई र १५/१५ हजार राशीकै तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारबाट जिल्लामा कार्यरत सात जना पत्रकारलाई पुरस्कृत प्रदान गरेको हो । 

    तुवाचुङ साप्ताहिकले नेपाल टेलिभिजनका संवाददाता रामधन राईलाई स्वर्गीय इन्द्रसेर राई÷गउनसरी राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, नेपालवाइड डटकमका सम्पादक सूर्य तामाङलाई स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, एपीवान टेलिभिजनका संवाददाता चिसाङ शेर्पालाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको हो । यस्तै, 

    दिया मिडिया प्रालिका कार्यकारी निर्देशक दीपक राईलाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, पत्रकार नविन चाम्लिङलाई तुवाचुङ मारातिका यातायात प्रालि तुवाचुङ साप्ताहिक साहसिक पत्रकारिता पुरस्कार, पत्रकार असल चरित्रलाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार र पत्रकार शिवकुमार राईलाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । 


    यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका युवा व्यवसायी इन्द्र चाम्लिङलाई स्वर्गीय कृपष्णध्वज राई तुवाचुङ साप्ताहिक युवा उद्यमी पुरस्कार प्रदान गरिएको छ । हलेसीस्थित होटल हलेसी भिलेजमा बुधबार आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले युवा उद्यमी र पत्रकारलाई पुरस्कार प्रदान गरेका छन् । पुरस्कृत उद्यमी चाम्लिङ तृष्णा ऋण तथा बचत सहकारी लिमिटेडका अध्यक्ष हुन् ।

    कार्यक्रममा जनपक्षीय र ग्रामीण पत्रकारितालाई मूल मुद्धा बनाउँदै प्रकाशित तुवाचुङ साप्ताहिकको नाममा पुरस्कार स्थापनार्थ योगदान पु¥याउने समाजसेवी डिल्ली चाम्लिङ, समीर राई, पदमकुमार राई, छात्रा रुनिशा राई र तुवाचुङ मारातिका यातायात प्रालिलाई तुवाचुङ साप्ताहिक सम्मान प्रदान गरिएको छ ।

    पत्रिकाको दोश्रो बार्षिकोत्सवको अवसरमा गत साउन ४ गते प्रदान गर्ने घोषणा गरिएको पुरस्कार कोभिड–१९ को महामारीका कारण ७ महिनापछि वितरण गरिएको पत्रिकाका प्रकाशक एबं सम्पादक दिपेन्द्र राईले बताए । 

    ग्रामीण पत्रकारितालाई मजबुद बनाउने लक्ष्य बोकेर २०७५ साउन ४ बाट प्रकाशन सुरु भएको तुवाचुङ साप्ताहिक आवाजविहीनको आवाज बन्ने नारा लिएर निरन्तर प्रकाशन हुँदै आएको छ । हलेसी तुवाचुङ नगरपालिकालाई प्राथमिकताको क्षेत्र बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिकले तुवाचुङ डटकम समेत सञ्चालन गर्दैआएको छ ।

    तुवाचुङ साप्ताहिकले समाजमा भइरहेका विकृति, विसंगती र बेतिथिका विरुद्ध शसक्त कलम चलाउँदै आएको छ । विशेषगरी भ्रष्टाचार र अनियमिताको नालीबेली सहित भण्डाफोर गर्नमा तुवाचुङ साप्ताहिकले जिल्लामा छुट्टै पहिचान स्थापित गरेको पाठकको प्रतिक्रिया छ । 

    २०७६ सालमा नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाई र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई तुवाचुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

    यस्तै, समाजसेवातर्फ समाजसेवी जनकराज राई, खेलकुदतर्फ सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राई र साहित्यतर्फ विक्रम चेतनशील राईलाई तुवाचुङ पुरस्कार प्रदान गरिएको थियो । 

    प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - २०:२२:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको