• ट्रेण्डिङ:

मनाङमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

मनाङमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

रोदिक खबर

७, चैत्र २०७७
  • 2.6K
    SHARES
  • मनाङमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

     काठमाडौं । मनाङमा शनिबार ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने सोही दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।

    लम्जुङको सदरमुकाम बेँसिशहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रक नासो गाउँपालिकामाको खोत्रोपाखा भन्ने स्थानमा दुर्घटना हुँदा तीनजनाको घट्नास्थलमै र दुईको अस्पतालमामृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक शुवास खड्काले जानकारी दिए।

    प्रनाउ खड्काका अनुसार दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, अन्दाजी ३४ र ३५ वर्षका मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको घट्नास्थलमै र ट्रकका सहचालक लम्जुङ मर्स्याङदी–५ का २१ वर्षीय लक्ष्मी नेपाली र मनाङ चामे–४ का २७ वर्षीय राजु विकको लम्जुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    दुर्घटनामा घाइते भएका ट्रकका चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तमाङ र अन्य दुई बालिका घाइते छन्। चालक तमाङको लम्जुङमै उपचार भइरहेको र गम्भीर घाइते दुवै बालिकालाई थप उपचारका लागि भक्तपुर रेफर गरिएको प्रहरीले जनाएको छ। उकालो बाटोमा मालवहाक ट्रक ब्रेकफेल भएर पछाडितर्फ करिब डेढसय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - २२:४७:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको