• ट्रेण्डिङ:

कोरोना संक्रमण दर बढ्न थालेपछि सभा र जुलुस नगर्न सरकारको आह्वान

कोरोना संक्रमण दर बढ्न थालेपछि सभा र जुलुस नगर्न सरकारको आह्वान

रोदिक खबर

८, चैत्र २०७७
  • 4.0K
    SHARES
  • कोरोना संक्रमण दर बढ्न थालेपछि सभा र जुलुस नगर्न सरकारको आह्वान

    काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो ।

    भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

    मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - २०:२५:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको