• ट्रेण्डिङ:

गाउँपालिका अध्यक्ष विरुद्ध खनिए कांग्रेस, माओवादी केन्द्र र जसपाका नेता 

गाउँपालिका अध्यक्ष विरुद्ध खनिए कांग्रेस, माओवादी केन्द्र र जसपाका नेता 

रोदिक खबर

१०, चैत्र २०७७
  • 6.6K
    SHARES
  • गाउँपालिका अध्यक्ष विरुद्ध खनिए कांग्रेस, माओवादी केन्द्र र जसपाका नेता 

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले ढल तथा खानेपानी व्यवस्थापन योजनाका विषयमा स्थानीयलाई गालीगलौज गरेको भन्दै कांग्रेस, नेकपा माओबादी केन्द्र र जनता समाजवादीका नेताले विरोध जनाएका छन् ।

    जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारको ढल तथा खानेपानी व्यवस्थापन समितिको चैत ६ गतेको बैठक लगत्तै गाउँपालिका अध्यक्ष राईले चिसापानीको वीपी चोकमा टिकाप्रसाद रेग्मीलाई धम्की दिँदै गालीगलौज गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङका सभापति तीर्थराज भट्टराई, कांग्रेसको जन्तेढुंगा गाउँपालिकाका स्थानीय छायाँ सरकार अध्यक्ष खेमबहादुर खड्का, कांग्रेसका जन्तेढुंगा गाउँपालिका उपसभापति वाजिन्द्र बिष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँपालिका कमिटिका सह–इन्चार्ज बीरबल किराती र जनता समाजवादीका प्रदेश सदस्य देवेन्द्र श्रेष्ठले मंगलबार संयुक्त विज्ञाप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

    bb.jpg

    गाउँपालिका अध्यक्ष राईले आफ्नो ओहोदा, मर्यादा र कर्तव्यबाट च्यूत हुँदै बहुलट्ठीपन, सत्ता उन्माद र अकर्मण्यतापूर्ण चरित्र देखाएको विज्ञाप्तिमा आरोप लगाइएको छ । 

    चिसापानीको बिपीचोकमा रेग्मीलाई गालीगलौज गरिएको विषयमा क्षेत्रीय सभापति भट्टराई, छायाँ सरकार अध्यक्ष खड्काले एकल तथा कांग्रेसका जन्तेढुंगा गाउँपालिका उपसभापति बिष्ट, नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँपालिका कमिटिका सह–इन्चार्ज किराती र जनता समाजवादीका प्रदेश सदस्य श्रेष्ठले संयुक्त विज्ञाप्ति जारी गरेका छन् ।

    सार्वजनिक स्थलमा गालीगलौज गरिएको विषयमा दिइएको उजुरी इलाका प्रहरी कार्यालय चिसापानीले लिन अस्वीकार गरेको विज्ञाप्तीमा उल्लेख छ । बिपी चोकमा एक जना परिचितसँग बैठकको समिक्षा गरिरहेको अवस्थामा गाउँपालिका अध्यक्षले गालीगलौज गरेको रेग्मीले बताए । 

    ढल तथा खानेपानी व्यवस्थापन समितिको बैठकमा रेग्मीलाई पनि बोलाइएको थियो । रेग्मी पेशाले प्रअ हुन् । गाउँपालिका अध्यक्ष राईले भने बैठकमा हस्ताक्षर गरेर बाहिर निस्केपछि चोक–चोकमा तथानाम गालीगरिरहेको पाइएकाले हप्काएको बताए । गाउँपालिका अध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

    कांग्रेस क्षेत्रीय सभापति भट्टराईले जारी गरेको विज्ञाप्तिमा सार्वजनिकस्थलमा गालीगलौज गरेकामा गाउँपालिका अध्यक्षले ७ दिनभित्र सार्वजनिकरुपमा माफी माग्नु पर्ने, देलुन खोला खानेपानी योजना सञ्चालनका क्रममा कुन निकायबाट कति रकम आाएको सो को लागत स्टीमेट सहितको विवरण हप्ता दिनभित्र सार्वजनिक गर्नुपर्ने, स्थानीय छायाँ सरकार प्रमुख खेमबहादुर खड्काले सूचनाको हक अनुसार माग गरेको विभिन्न योजनाको विवरण उपलव्ध गराउन, सत्ता र शक्तिको दवावमा राष्ट्रसेवक कर्मचारीलाई प्रकृयाभन्दा बाहिरको काम नगर्न/नगराउन, फरक आस्था र विचार भएका शिक्षक, कर्मचारी लगायत सर्वसाधारणलाई धम्क्याउने, हप्काउने र अनुचित दवाव दिने गतिविधि रोक्न माग गरिएको छ । 

    163703314_901446497356773_9083292265771791530_n.jpg

    यस्तै, कांग्रेसकै छायाँ सरकार अध्यक्ष खड्काले जारी गरेको विज्ञाप्तिमा फरक विचार राख्ने शिक्षक, कर्मचारी, उद्यमी, व्यवसायी र कृषकलाई धम्क्याउने, हप्काउने, प्रलोभनमा पार्ने सार्वजनिक स्थलमा गालीबेइज्जती गर्ने, आसोपासे लगाएर गुण्डागर्दी गरी अराजकता फैलाउने गरेको र त्यस्ता गतिविधिलाई स्थानीय प्रशासनले समेत बेवास्ता गरेको आरोप छ ।

    यस्तै, कांग्रेसका बिष्ट, माओबादी केन्द्रका किराती र जसपाका नेता श्रेष्ठले जारी गरेको संयुक्त विज्ञाप्तीमा गाउँपालिकामा पार्टीगतरुपमा एकलौटी ढंगबाट योजना वितरण गर्ने, कमिसनको आधारमा फरफराक गर्ने, राजनैतिक पुर्वाग्रहको आधारमा निजी शिक्षक हटाउने र परिक्षामा अनुत्तिर्ण व्यक्तीलाई भर्ती गर्ने, शिक्षकको घरपायक सरुवा रोक्ने, राष्ट्र सेवक कर्मचारी र शिक्षकलाई हप्काउने, सूचनाको हकबाट वञ्चित गराउने प्रबृत्तिलाई सच्याएर सबैको अभिभावक बन्न आग्रह गरिएको छ । 

    164505026_536840723953341_4052566169459279072_n.jpg

    163642246_2900832403570339_1046037881352504603_n.jpg

    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - १७:१९:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको