शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

मौसम बदली कायमै, देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

मौसम बदली कायमै, देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

रोदिक खबर

११, चैत्र २०७७
  • 3.7K
    SHARES
  • मौसम बदली कायमै,  देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

    काठमाडौं ।  स्यानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि मौसम बदली कायमै रहेको छ ।

    आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ ।

    महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि देशका पहाडी भूभागका केही ठाउँमा मौसम बदली भई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत समेत गराएको छ ।

    प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०८:२२:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको