शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सुक्खा मौसम सुरु भएसँगै खोटाङका विभिन्न ठाउँमा डढेलो

सुक्खा मौसम सुरु भएसँगै खोटाङका विभिन्न ठाउँमा डढेलो

रोदिक खबर

१२, चैत्र २०७७
  • 3.2K
    SHARES
  • सुक्खा मौसम सुरु भएसँगै  खोटाङका विभिन्न ठाउँमा डढेलो

    खोटाङ ।  खोटाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा लगातार दोश्रो दिन एक घर जलेको छ । स्थानीय रानी सामुदायिक वनमा लागेको डढेलोले केपिलासगढी गाउँपालिका–३ बासपानी पोखरीका पदबहादुर खड्काको घर जलेको हो ।

    जंगलबाट गाउँ पसेको डढेलोले बिहीबार खड्काको घर र मतान जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए । खड्काको घरमा भएका अन्न, भाँडावर्तन लगायत जोगाउन नसकिएको स्थानीयले बताएका छन् ।

    यस्तै, डढेलोले सोही स्थानका कुलबहादुर खड्काको पराल र नल जलेको स्थानीय धनकुमार खड्काले बताए । साविकको बासपानी–१ र ३ मा करिब २७ हेक्टरमा फैलिएको रानी सामुदायीक वनमा लागेको अधिकांश क्षेत्र डढेलोले खाइसकेको छ । बासपानीकै सल्लेरी सामुदायिक वनमा पनि डढेलो लागेको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।

    डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घट्नास्थल पुगेको छ । जंगल नजिक घर भएका स्थानीय अहिले घर जोगाउन सजगता अपनाएर बसिरहेको खड्काले बताए । 

    सामुदायिक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको थियो । डढेलोले सहकारीबाट एक लाख ७० हजार अनुदान लिएर बनाएको भुजेलको बाख्रा फर्म समेत खरानी भएको छ ।

    आगोबाट घर जोगाउनका लागि छानामा पानी छ्याप्नेक्रममा लडेर स्थानीय मोहन बिश्वकर्माको हात भाँचिएको प्रहरीले जनाएको छ ।
    सुक्खा मौसम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँका वनमा डढेलो लागिरहेको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटास्थित देउराली चुनियापानी सामुदायिक वनमा लागेको डढेलो प्रहरी र स्थानीयबासीले बुधबार साँझ नियन्त्रणमा लिएका छन् ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित कोप्चे र मेरुङ सामुदायिक वनमा बुधबारदेखि डढेलो सुरु भएको छ । 

    https://www.youtube.com/watch?v=OC21clqIjDQ&t=17s

    भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

    प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - १८:४४:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको