म्यानमारमा सेनाको गोली लागेर एकैदिन ११४ जनाको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर एकैदिन ११४ जनाको मृत्यु

रोदिक खबर

१५, चैत्र २०७७
  • 7.3K
    SHARES
  • म्यानमारमा सेनाको गोली लागेर एकैदिन ११४ जनाको मृत्यु

    काठमाडौं : म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन एकसय भन्दा धेरै प्रदर्शनकारी मृत्यु भएको छ। नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली प्रहार गर्दा ११४ जनाको ज्यान गएको हो। हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर बच्चासहित ११४ जना मारिएको सिएनएनले जनाएको छ।

    म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन्। बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गरेका छन्।

    गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिए यता म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन्।

    प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।

    उनले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाएका छन्। प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकोबारे भने उनले केही खुलाएका छैनन्। तर सेना प्रमुख लाइङले प्रदर्शनकारीहरुले नै गोली चलाउन थालेको आरोप लगाएका छन्। एजेन्सी

    प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - १७:५६:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको