• ट्रेण्डिङ:

ललितपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

रोदिक खबर

११, भाद्र २०७७
  • 8.0K
    SHARES
  • ललितपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    ललितपुर । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।

    ‘यो चाहिँ विशुद्ध कोभिड डेथ देखिएको छ,’ पाठकले भने, ‘भेण्टिलेटरमा राखेर उपचार गर्दागर्दै हिजो राति उहाँको डेथ भयो ।’ पाठकका अनुसार स्थायी घर अर्घाखाँची भएका ति पुरुष  केही समयदेखि यतै बस्दै आएका थिए ।

    प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १०:३३:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको