• ट्रेण्डिङ:

कोरोना जितेका ६ जना प्रहरी डिस्चार्ज 

कोरोना जितेका ६ जना प्रहरी डिस्चार्ज 

रोदिक खबर

११, भाद्र २०७७
  • 3.8K
    SHARES
  • कोरोना जितेका ६ जना प्रहरी डिस्चार्ज 

    खोटाङ । खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जना प्रहरी डिस्चार्ज भएका छन् । बिराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएपछि क्वारेन्टीनमा राखिएको अवस्थामा गरिएको पिसिआर परिक्षणकाक्रममा संक्रमण पूष्टी भएपछि गत साउन ३१ गतेदेखि जिल्ला अस्पतालको आइसोसेलनमा राखिएका प्रहरी जवान बिहिबार डिस्चार्ज भएका हुन् । 


    कोरोना जितेका प्रहरी जवानलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरीका डिएसपी सरोज कार्की, जिल्ला अस्पतालका प्रमुख रबिनकुमार फुयाँल,स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल,जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठले खादा ओढाएर बिदाइ गरेका हुन् ।

    उनीहरुको भदौ ९ गते स्वाव संकलन गरेर परिक्षणमा पठाइएको थियो । डिस्चार्ज भएका प्रहरीलाई डेढदेखि दुई मिनेटभित्रै बिदाई गरिसकिएको थियो । उनीहरुलाई अझै हप्ता दिनसम्म क्वारेन्टीनमा राखेपछि मात्र ड्यूटीमा खटाइने डिएसपी चिमरियाले बताए । 


    बिराटनगरबाट गत साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका ११ जवानमध्ये ६ जनालाई कोरोना संक्रमण पूष्टी भएको थियो । जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा सँगै राखिएका ८ जनामध्ये ६ जनालाई संक्रमण पूष्टी भएपछि बाँकी रहेका दुई जवानको पुःन पिसिआर परिक्षणकाक्रममा अर्का एक जना जवानलाई समेत संक्रमण भएको पूष्टी भएको छ । उनलाई भदौ ९ गतेदेखि आइसोलेसनमै राखिएको छ । 

    प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १६:४२:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको