• ट्रेण्डिङ:

जाजरकोटमा मजदुरको दुई समूहबीच दोहोरो झडप हुँदा एकजनाको मृत्यु, दुई घाइते

जाजरकोटमा मजदुरको दुई समूहबीच दोहोरो झडप हुँदा एकजनाको मृत्यु, दुई घाइते

रोदिक खबर

२०, चैत्र २०७७
  • 2.2K
    SHARES
  • जाजरकोटमा मजदुरको दुई समूहबीच दोहोरो झडप हुँदा एकजनाको मृत्यु, दुई घाइते

    जाजरकोट ।  जाजरकोटमा यातायात समितिमा आवद्ध युवाहरु मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।  बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    रावलको  बारेकोट गाउँपालिका २ देउलस्थित खोलामा शुक्रबार दिउँसो शव फेला परेको थियो । अन्य नलगाड ४ कै सुजन कार्की, विकास रावल घाइते भएका छन्।  जाजरकोट डोल्पा यातायात समितिको युवाहरुबीच विवाद भएको थियो।

    प्रहरीले १० जनालाई पक्राउ गरी सदरमुकाम ल्याउँदै गरेको प्रहरी नायव उपरिक्षक मधु थापाले जानकारी दिए।घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको प्रनाउ थापाले बताए ।

    प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - १६:५८:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको