शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

उपप्रमुख राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित 

उपप्रमुख राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित 

रोदिक खबर

१, बैशाख २०७८
  • 6.3K
    SHARES
  • उपप्रमुख राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित 

    खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएकी छन् ।

    उपप्रमुख राईलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदकबाट विभुषित गरेकी हुन् । प्रवल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएकी उपप्रमुख राईलाई नगरप्रमुख दिपनारायण रिजालले फेसबुकमार्फत बधाई दिएका छन् ।

    ‘सगौरव हार्दिक बधाई ! प्रबल जनसेवा चतुर्थ पदकबाट बिभुषित हुनुभएकोमा सम्पूर्ण नगरबासीको शिर उच्च भएको छ,’ उपप्रमुख रिजालले लेखेका छन्, ‘सम्पूर्ण नगरबासिकोतर्फबाट स–गौरव हार्दिक बधाई तथा शुभकामना ।’

    उपप्रमुख राईलाई आफन्त तथा शुभेच्छुकले पनि बधाई दिइरहेका छन् । उपप्रमुख राई सम्भवतः नेपाल सरकारले प्रदान गर्ने पदक पाउने जिल्लाकै पहिलो जनप्रतिनिधि बनेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सरकारले विभूषण प्रदान गर्ने गरेको छ । 

    उपप्रमुख राई सँगै झापाको दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख कल्पना राई र बाजुराको बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मी पनि प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएका छन् । 

    प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - १४:२२:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको