• ट्रेण्डिङ:

समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण  : मन्त्री राई

समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण  : मन्त्री राई

रोदिक खबर

६, बैशाख २०७८
  • 3.2K
    SHARES
  • समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण  : मन्त्री राई

    विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवश्यक रहेको बताएकी हुन् । 

    मन्त्री राईले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवश्यक रहेको मा बताउदै प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनका लागि आफु प्रतिबद्ध रहेको बताइन् । मन्त्री राईले भनिन,‘मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’ 

    सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आज मन्त्री राईलाई दीक्षित गरेको हो । सामाजिक विकास मन्त्रालयमा आयोजित दिक्षान्त समारोहमा मन्त्री राईलाई नेपाल स्काउट ऐन बमोजिम प्रदेश प्रमुख स्काउटका रुपमा दीक्षित गरेको हो । 

    नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपालमा नैतिकवान नागरिक उत्पादनका लागि स्काउटले काम गरिरहेको बताए । प्रदेश संयोजक रवि खनालले सिमित विद्यालयमा रहेको स्काउट अहिले ठूलो मात्रामा फैलिएको बताए । उनले प्रदेश १ का ५ सय बढी व्यक्तिहरुलाई स्काउट लिडरको तालिम प्रदान गरिएको जानकारी दिए । 

    सामाजिकविकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, उपसचिव अम्विका चौलागाई, स्काउटका सल्लाहकार लगायतको सहभागिता रहेको थियो । 

    प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - १७:५५:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको