खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठको निधन भएको छ । जन्डिसको समस्याले वर्ष दिनदेखि बिरामी परेर थलिएका ६७ वर्षीय वडा सदस्य श्रेष्ठको बयोधा अस्पताल काठ्माण्डौंमा उपचारकोक्रममा मंगलबार निधन भएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
२०१० साल कात्तिक २२ गते याम्खा मोहरियामा जन्मिएका श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्य श्रेष्ठको पित्तथैलीमा स्टोन पनि भएको थियो ।
तर जन्डिसको कारण स्टोनको अप्रेसन गर्ने अवस्था नहुँदा उनको उपचारमा समस्या भइरहेको थियो । श्रेष्ठ निजामती सेवाबाट अवकाश पाएपछि राजनीतिमा लागेका थिए । मृतक श्रेष्ठका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् ।