चट्याङ लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । बिहिबार पानीसँगै परेको चट्याङले लाग्दा दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको मृत्यु भएको हो ।
छोरी ज्वाईको घरमा बसिरहेको अवस्थामा राईलाई चट्याङले लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
उनको घट्नास्थलमै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ ।