शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

टाटा सुमो दुर्घट्नामा तीन जना घाईते 

टाटा सुमो दुर्घट्नामा तीन जना घाईते 

रोदिक खबर

१०, बैशाख २०७८
  • 2.6K
    SHARES
  • टाटा सुमो दुर्घट्नामा तीन जना घाईते 

    खोटाङ । खोटाङमा टाटा सुमो दुर्घट्ना हुँदा तीन जना घाईते भएका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसीतर्फ जाँदै गरेको ज १ ज २१४ नम्बरको टाटा सुमो शुक्रबार बिहान पल्टिँदा एक गम्भीर र दुई सामान्य घाईते भएका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित पूरानोगाउँमा ब्रेक फेल भएर सुमो पल्टिँदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २२ वर्षीय सपना तामाङ, ३८ वर्षीय पन्त श्रेष्ठ र चालक केपिलासगढी गाउँपालिका–७ सुंदेलका केबल कोयी राई घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    जालपास्थित जनसेवा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि घाईते तामाङलाई काठ्माण्डौं रेफर गरिएको छ । उनको दाहिने काँधमा चोट लागेको प्रहरीले जनाएको छ । दाहिने कुहिनामा सामान्य चोट लागेका श्रेष्ठ र चालक राई भने उपचारपछि जनसेवा सामुदायिक अस्पतालबाट डिस्चार्ज भएका छन् । 

    यस्तै, बिहीबार राती साँढे ९ बजे जालपाकै छिप्तीमा बेहुला बेहुलीसहित आफन्त बोकेको ना १ ज ६२१९ नम्बरको टाटा सुमो जिप दुर्घट्ना भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाबाट जालपा छिप्ती जाँदै गरेको जिप छिप्तीमा टर्निङ मोड्ने क्रममा सडकबाट करीब ४० मिटर तल खसेको थियो । जीप पल्टिँदा चालक सहित १० जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनीहरु सामान्य उपचारपछि घर फर्किसकेका छन् । 

    प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - १४:३९:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको