बिहिवार, कार्तिक १३ गते २०८३

साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु

साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु

रोदिक खबर

१३, बैशाख २०७८
  • 3.7K
    SHARES
  • साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल ढलान सुरु गरिएको छ । करिब एक महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु गरिएको हो ।

    ४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुल निर्माणको ठेक्का लिएको निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईको उपस्थितिमा आइतबारदेखि ढलान सुरु गरेको हो ।

    बैशाख १७/१८ गतेसम्ममा पुल ढलानको काम सम्पन्न हुने निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए । 
    संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको हो । पुल निर्माणमा गाउँपालिकाको २ करोडको हाराहारीमा बजेट खर्च हुने जनाइएको छ ।

    सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । मूल्य अभिबृद्धि कर सहित ५ करोड ६० लाख १० हजार ५४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो । 

    दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले बताए । 

    प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - ०९:४०:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको