• ट्रेण्डिङ:

होटलका कामदार मृत भेटिए  

होटलका कामदार मृत भेटिए  

रोदिक खबर

१९, बैशाख २०७८
  • 2.2K
    SHARES
  • होटलका कामदार मृत भेटिए  

    खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीस्थित जाम्बाला रिसोर्टका कामदार मृत भेटिएका छन् । धादिङ नीलकण्ठ नगरपालिका–६ सुनौलो बजारका अन्दाजी ४४ वर्षीय एकबहादुर मल्ल ठकुरी मृत फेला परेका हुन् ।

    शनिबार दिउँसो खाजा खाएर कामदार सुत्ने रिसोर्टकै कोठामा आराम गर्न गएका ठकुरी बेलुका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले बताए । 

    गत बैशाख १ गते मात्र हलेसीमा आएका ठकुरी बेलुकाको खाना खान नआएपछि हेर्न जाँदा मृत फेला परेको जनाइएको छ । मोबाईलको कल डिटेल्समा ठकुरीले बेलुका ६ बजे आफन्तसँग कुराकानी गरेको पाइएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

    आफन्त आएपछि मात्र ठकुरीको शव उठाउने तयारी भइरहेको छ । कोभिड–१९ को कारण लागू गरिएको निषेधाज्ञाका बिचमा विभिन्न जिल्लाका प्रशासन र प्रहरीलाई समन्वय गरेर मृतको आफन्तलाई हलेसी पुग्ने वातावरण मिलाइएको प्रहरी निरिक्षक साहले बताए । 
    पोष्टमार्टमपछि मात्र ठकुरीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । ‘आफन्त आएपछि मात्र शव उठाइन्छ,’ साहले भने, ‘आफन्त चढेका गाडीलाई नरोक्नका लागि सम्वन्धित जिल्लाका प्रशासन र सुरक्षा निकायलाई समन्वय गरेका छौँ ।’ 

    प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २२:५४:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको