• ट्रेण्डिङ:

नेपालमा अब निजी जहाज राख्न पाइने !

नेपालमा अब निजी जहाज राख्न पाइने !

रोदिक खबर

१२, भाद्र २०७७
  • 2.3K
    SHARES
  • नेपालमा अब निजी जहाज राख्न पाइने !

    काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ ।

    सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको मस्यौदाअनुसार अब निजी तथा तालिम प्रयोजनका लागि एक इन्जिन भएको वायुयानको आयात र सञ्चालन गर्न पाइने छ । यसका लागि वायुयान उत्पादन गर्ने संस्थाले तोकेको इन्जिन परफरमेन्स, नियामक निकायले जारी गरेका शर्त पूरा गर्नुपर्छ ।

    त्यस्तो विमान व्यापारिक उडानमा भने लगाउन पाइने छैन । तर, यस्ता जहाजका लागि समेत हवाई उडान सुरक्षाका प्रावधान भने व्यवसायिक उडानसरह लागु हुने भएको छ । अनलाइनखबरबाट ।

    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १०:४३:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको