• ट्रेण्डिङ:

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

रोदिक खबर

२१, बैशाख २०७८
  • 3.3K
    SHARES
  • उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

    काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बिने भएको छ। मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

    तीनवटै जिल्ला प्रशासनको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार बेलुका पाँच बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने खाद्यसामग्री पसल सञ्चालनमा रोक लगाइएको छ।

    ‘बिहान ९ बजेसम्ममात्र खाद्यसामग्री​का पसल खोल्न दिने निर्णय गरेका छौ,’उनले भने,‘अत्यवश्यक कामका लागि मात्र गाउँबाट उपत्यका छिर्न दिइने छ, बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

    कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।’ उनले सडकमा अत्यवश्यक कामबाहेक हिँड्डुल गर्न पनि नदिइने बताए। यसअघि बैशाख १६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै थियाे।

    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १६:०४:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको