• ट्रेण्डिङ:

ऐसेलुखर्कमा बैशाख २५ गतेदेखि निषेधाज्ञा जारी  गर्ने निर्णय

ऐसेलुखर्कमा बैशाख २५ गतेदेखि निषेधाज्ञा जारी  गर्ने निर्णय

रोदिक खबर

२२, बैशाख २०७८
  • 4.5K
    SHARES
  • ऐसेलुखर्कमा बैशाख २५ गतेदेखि निषेधाज्ञा जारी  गर्ने निर्णय

    खोटाङ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बुधबार बसेको विपद व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप आगामी बैशाख २५ गते बिहान ६ बजेदेखि लागू हुनेगरी बैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

    लकडाउनकै शैलीमा यातायातका सवारी साधन ठप्प बनाउने, सवारी साधन वा पैदल यात्रामार्फत गाउँपालिका भित्रिन र बाहिरिन रोक लगाउने, गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी तथा गैर–सरकारी कार्यालय, वित्तिय संघसंस्था तथा अन्य सामाजिक संघ–संस्थाको आतिआवश्यक बाहेकका सम्पूर्ण कामकाज बन्द गर्ने गरी निषेधाज्ञा गर्ने तयारी गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

    बैठकले गाउँपालिकाभन्दा बाहिरबाट विशेष परिस्थितिमा आएका व्यक्तिलाई अनिवार्य १४ दिन होम आइसोलेसनमा राख्ने, होम आइसोलेसनमा बसे/नबसेको निगरानी सम्वन्धित वडाका स्वास्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयबासीले गर्ने तथा होम आइसोलेसन उल्लंघन गरेको पाइएमा प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर संक्रामक रोगको ऐन अनुसार कारबाही गर्ने निर्णय गरेको छ । 

    यस्तै, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि गाउँपालिकाको कोभिड–१९ कोष शीर्षकबाट भुक्तानी दिने, विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन–पाठन बन्द गर्ने र वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    यसबिचमा विद्यालयमा शिक्षक अनुपस्थित भएमा नियमानुसार गयल कट्टी गरी तलव भत्ता कट्टा गर्न गाउँपालिका समक्ष सिफारिस गर्ने, गाउँपालिकाभित्र विवाह, व्रतबन्ध, पास्नी लगायतका भेला भएर हुने सामाजिक, धार्मिक तथा अन्य कार्यक्रम सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । 

    प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १८:२३:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको