शुक्रवार, भाद्र २६ गते २०८३

कोरोना त्रासले सुनसान बन्यो हलेसी 

कोरोना त्रासले सुनसान बन्यो हलेसी 

रोदिक खबर

२४, बैशाख २०७८
  • 5.0K
    SHARES
  • कोरोना त्रासले सुनसान बन्यो हलेसी 

    खोटाङ । कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण खोटाङको त्रिधार्मिकस्थल हलेसी सुनसान बनेको छ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई १५ दिनका लागि बन्द गरिएपछि सुनसान बनेको हो । दैनिकजसो बाह्य तथा आन्तरिक पर्यटकको बाक्लो चहल पहल हुने हलेसीमा हाल दर्शनार्थीको आवागमन ठप्प भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । 

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्णय अनुसार गत बैशाख १५ गतेदेखि बैशाख मसान्तसम्मका लागि हलेसी मन्दिर गुफा बन्द छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिड–१९ को संक्रमण फैलने खतरा बढेको भन्दै हलेसी मन्दिर बन्द गरिएको हो ।

    दैनिक बिहान र बेलुका हुँदैआएको नित्य–नैनित्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिरको गेटमा हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको ताला हालिएको छ । दैनिकजसो हेलीकोप्टर वा गाडीमार्फत आउने देशबिदेशका पर्यटकका कारण भरिभराउ हुने हलेसी मन्दिर बन्द हुँदा हलेसीको पर्यटनमा प्रत्यक्ष अशर पुगेको छ । 

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीलाई कोभिड–१९ कै महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ साल चैत ८ गतेदेखि २०७७ साल मंसिर १६ गतेसम्म बन्द गरिएको थियो । 

    प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - १९:५१:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको