• ट्रेण्डिङ:

नगरप्रमुख पराजुली र कांग्रेस नेता न्यौपानेले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

नगरप्रमुख पराजुली र कांग्रेस नेता न्यौपानेले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

रोदिक खबर

२४, बैशाख २०७८
  • 3.3K
    SHARES
  • नगरप्रमुख पराजुली र कांग्रेस नेता न्यौपानेले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

     विराटनगर : विराटनगर महानगरपालिकाका नगरप्रमुख भीम पराजुलीले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका छन्।

    नगरप्रमुख पराजुलीले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्यसम्बन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको बताए।

    शुक्रबार विज्ञप्ति प्रकाशित गरी नगरप्रमुख पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्स समेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउन गाडी प्रयोग गर्न दिएको जनाएका छन्। 'तोकिएका सवारी साधन प्रयोग गर्न महानगर कार्यालय अथवा हाम्रो सचिवालयमा सम्पर्क गर्न सकिने छ।

    यो संकटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौं' पराजुलीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

    नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा १५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेका विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

    प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २१:५८:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको