• ट्रेण्डिङ:

संक्रमित भेटिएपछि वडा सिल 

संक्रमित भेटिएपछि वडा सिल 

रोदिक खबर

२४, बैशाख २०७८
  • 5.1K
    SHARES
  • संक्रमित भेटिएपछि वडा सिल 

    खोटाङ । कोभिड–१९ बाट संक्रमित भेटिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेलाई सिल गरिएको छ । उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएका दम्पत्ती सहित तीन जनालाई कोरोना संक्रमण पुष्टि भएपछि हप्ता दिनका लागि वडालाई सिल गरिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए ।

    हाल वडा क्षेत्रभित्रको एक टोलबाट अर्को टोलमा आवत जावत गर्न, अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, निर्माणका काममा पनि हप्ता दिनका लागि रोक लगाइएको वडाअध्यक्ष चाम्लिङले बताए । 

    अस्पताल भर्ना भएका दम्पत्तीलाई बैसाख २१ गते र सोही ठाउँका १९ वर्षका अर्का पुरुषलाई बैशाख २२ गते संक्रमण पुष्टि भएपछि वडालाई सिल गरिएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि बैशाख २२ गते राती १२ बजेदेखि वडा सिल गरिएको हो ।

    गाउँबाट अन्यात्र नगएका र ट्राभल हिस्ट्री नै नभएका दम्पत्तीलाई कोभिड पुष्टि भएपछि समुदायस्तरमै संक्रमण फैलिएको अनुमान गरिएको छ । स्थानीयको आग्रहमा वडा कार्यालयले वडा सिल गरेको हो । 

    प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २२:५५:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको