• ट्रेण्डिङ:

केपिलासगढीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना 

केपिलासगढीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना 

रोदिक खबर

२५, बैशाख २०७८
  • 3.5K
    SHARES
  • केपिलासगढीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना 

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो ।

    नागरिक आरोेग्य सेवा केन्द्र शुक्रवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका छन् । 

    एक जना वैध र एक जना कार्यालय सहयोगी नियुक्ति गरेर गाउँपालिकाले उपलव्ध गराएको कोठाबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो ।

    नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ्य जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दुध बद्र्धक औषधि वितरण, ज्येष्ठ नागरिकको स्वास्थ्य वद्र्धन गर्ने औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले वताए ।

    ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलव्ध हुन्छ,’ झाले भने, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ ।’ केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेवी वन, जिल्ला समन्वय अधिकारी राजेश गिरी, प्रमुख प्रशासकीय अधिकृत छविलाल राई लगायतको उपस्थितिमा नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन गरिएको हो ।

    कोभिड–१९ को महामारीका बेला भिडभाड गर्न रोक लगाइएको भए पनि स्वास्थ्य सम्वन्धी कार्यालय भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आरोग्य सेवा केन्द्र उद्घाटन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए । 

    प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय अन्तरगत आयुर्वेद स्वास्थ्य केन्द्रले ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापनाको तयारी गरेको जनाएको छ । 

    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १०:१९:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको