काठमाडाैं । सन २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति पाैने १० बजे डिभीको नतिजा प्रकाशित भएको हो ।
नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ। छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयले वार्षिकरुपमा संचालन गर्ने यो कार्यक्रममा यो वर्षका लागि गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म आवेदन खुलाइएको थियो। आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा अमेरिकाले उपलब्ध गराउने जनाएको छ।
दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन्।

आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा https://dvprogram.state.gov/ मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल पठाउँदैनन्।