खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकामा आइतवार बिहान नौ जनाको एन्टीजेन परीक्षण गर्दा छ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा–५ का ५०, ४४, ३८ र २८ वर्षीय पुरुष, हलेसी तुवाचुङ नगरपालिकामा–६ की ४१ वर्षीय महिला र गोलबजार नगरपालिका–१२ सिराहाका २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए ।
अहिले वडा वडामा पुगेर परीक्षण गर्ने काम भईरहेको शाखाका सहसंयोजक घिमिरेको भनाइछ ।