• ट्रेण्डिङ:

हलेसीमा वडाध्यक्षसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि 

हलेसीमा वडाध्यक्षसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि 

रोदिक खबर

२६, बैशाख २०७८
  • 5.2K
    SHARES
  • हलेसीमा वडाध्यक्षसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकामा आइतवार सामान्य लक्षण देखिएका १२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकामा–५ का ५०, ४४, ३८ र २८ वर्षीय पुरुष, हलेसी तुवाचुङ नगरपालिकामा–६ की ४१ वर्षीय महिला, हलेसी तुवाचुङ नगरपालिकामा–७ का ३९ वर्षीय पुरुष र हलेसी तुवाचुङ नगरपालिकामा– ८ का ३२ वर्षीय पुरुष र गोलबजार नगरपालिका–१२ सिराहाका २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार आठ जनामध्ये दुई जना जनप्रतिनिधि र एक जना नगरका कर्मचारी हुन् । 

    वडाध्यक्ष राईले कोरोना संक्रमण भएपछि सामाजिक सञ्जालमार्फत पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकालाई एन्टिजेन परीक्षण गर्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् । ‘स्वास्थ्यमा समस्या छैन,’ उनले भनका छन्, ‘रुघाखोकी र हाच्छ्युँबाहेक अरू समस्या छैन ।’

    नगरपालिकाले अहिले वडा वडामा पुगेर परीक्षण गर्ने काम भईरहेको शाखाका सहसंयोजक घिमिरेको भनाइछ । 

     

    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १३:४०:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको