शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

रोदिक खबर

२७, बैशाख २०७८
  • 2.7K
    SHARES
  • प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

    प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १७:५४:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको