• ट्रेण्डिङ:

खोटाङमा अटो रिक्सा दुर्घट्ना हुँदा एकको मृत्यु, चार जना घाइते 

खोटाङमा अटो रिक्सा दुर्घट्ना हुँदा एकको मृत्यु, चार जना घाइते 

रोदिक खबर

२८, बैशाख २०७८
  • 3.7K
    SHARES
  • खोटाङमा अटो रिक्सा दुर्घट्ना हुँदा एकको मृत्यु, चार जना घाइते 

    खोटाङ । खोटाङमा अटो रिक्सा दुर्घट्नामा परी एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेबाट बिरामी बोकेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाईते भएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको हो ।

    थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीले रेफर गरेपछि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा परियारको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक सागर साहले बताए ।

    घोर्लेबाट चिसापानी जानेक्रममा सामुदायिक भवनडाँडाको तारेभीरमा अटो रिक्सा पल्टिँदा गोकुल सहित जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चालक ३३ वर्षीय जीवन राई, उनकै ७ महिनाको छोरा जर्मन राई, घोर्लेका १६ वार्षीय मनिराम राई र ६३ वर्षीय रत्नबहादुर राई घाईते भएका थिए । अटो दुर्घट्नामा चालक जीवन र गोकुल गम्भीर घाईते बनेका थिए । 
    एम्बूलेन्समा हालेर धरान लैजानेक्रममा गोकुलको चतरामा पुगेपछि मृत्यु भएको हो । अन्य बिरामीलाई अस्पताल पठाएर उनको शवलाई गाउँ फर्काउने तयारी भइरहेको प्रहरी निरिक्षक साहले बताए ।

    घाईतेमध्ये जीवन, जर्मन, गोकुल र रत्नवहादुरलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । अटो रिक्सा सडकको मोडमा व्याक गरी घुमाउनेक्रममा करिव ५/६ सय मिटर तल विस्टोंपा खोलामा पुगेको स्थानीयले बताएका छन् । घट्ना लगत्तै इलाका प्रहरी कार्यालय चिसापानी र इलाका प्रहरी कार्यालय सईको कमाण्डमा खटिएको प्रहरी र स्थानीयबासीले घाईतेको उद्धार गरेका थिए । 

    प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - २०:४०:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको