• ट्रेण्डिङ:

खोटाङमा संक्रमितको संख्या ६६ पुग्यो 

खोटाङमा संक्रमितको संख्या ६६ पुग्यो 

रोदिक खबर

२८, बैशाख २०७८
  • 6.9K
    SHARES
  • खोटाङमा संक्रमितको संख्या ६६ पुग्यो 

    खोटाङ । खोटाङमा ७ जना संक्रमित थपिएका छन् । एन्टीजेन तथा पिसिआर परिक्षणका क्रममा मंगलबार खोटेहाङ गाउँपालिकामा ३ जना, हलेसी तुवाचुङ नगरपालिकाका २ जना र ऐसेलुखर्क गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै जिल्लामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ६६ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । 

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २६ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ७ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना र खोटेहाङ गाउँपालिकामा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये ५३ जना होमआइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ । 

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - २१:३४:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको