• ट्रेण्डिङ:

खोटाङमा बुधवार नौ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ७७ पुग्यो

खोटाङमा बुधवार नौ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ७७ पुग्यो

रोदिक खबर

२९, बैशाख २०७८
  • 4.0K
    SHARES
  • खोटाङमा बुधवार नौ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ७७ पुग्यो

    खोटाङ  । खोटाङमा बुधबार थप ९ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । रावाबेँसी गाउँपालिकामा ५ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई संक्रमण पुष्टि भएको हो ।

    यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७७ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । 

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ७ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा २ जना सक्रिय संक्रमित छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये ४ जना भने अन्यत्र संक्रमण पुष्टि भएपछि नगर भित्रिएका हुन् । २ जना बिहिबार र २ जना बैशाख २७ गते भित्रिएका हुन् ।

    संक्रमितमध्ये अधिकांश होमआइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ । 

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

     

    प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - १९:२७:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको