• ट्रेण्डिङ:

मोरङको बेलबारीमा ग्याङ फाईटमा एकको मृत्यु, चारजना घाईते

मोरङको बेलबारीमा ग्याङ फाईटमा एकको मृत्यु, चारजना घाईते

रोदिक खबर

१२, भाद्र २०७७
  • 3.4K
    SHARES
  • मोरङको बेलबारीमा ग्याङ फाईटमा एकको मृत्यु, चारजना घाईते

    विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको हो । झडपमा चार जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईका अनुसार स्थानीय ४० वर्षका चन्द्रकुमार राईको मृत्यु भएको हो ।उनका अनुसार घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको हो ।

    प्रनाउ राईका अनुसार स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको हो ।

    झडप गर्ने दुवै पक्ष एकआपसका छिमेकी हुन् ।सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको प्रनाउ राईले बताए ।

    अघिल्लै दिनको रिसईबीका कारण भएको ‘ग्याङ फाइटमा’ एक जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ । उनीहरुबीचमा बिहीबार के विषयमा विवाद भएको थियो भन्ने खुल्न बाँकी रहेको राईले बताए । 

    घटनामा परेर सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को समूहका पनि चौधरी घाइते भएका छन् ।

    सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको  छ । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १८:५२:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको