हलेसी तुवाचुङ नगरपालिकामा एक जना संक्रमितलाई आइसोलेसन सेन्टरमा लगिएको छ । कोभिड–१९ बाट संक्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका संक्रमितलाई बुधबार साँझ आइसोलेसन सेन्टर लगिएको हो ।
संक्रमितको स्वास्थ्यमा थप समस्या देखिन थालेपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित रोयल होटलमा निर्माण गरिएको अक्सिजन सहितको आइसोलेसन पुर्याइएको उपप्रमुख बिमला राईले बताईन् ।
हलेसी तुवाचुङ नगरपालिकामा बैशाख २६ गते गरिएको एन्टीजेन परीक्षणमा उनी सहित ११ जनालाई संक्रमण पुष्टि भएको थियो । अक्सिजनका लागि संक्रमितलाई उपप्रमुख राईले उपलव्ध गराएको गाडीमार्फत आइसोलेसन सेन्टर लगिएको हो ।