शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बराहपोखरीको गोकुलथुम्कामा टेलीकमको टावर

बराहपोखरीको गोकुलथुम्कामा टेलीकमको टावर

रोदिक खबर

३०, बैशाख २०७८
  • 3.9K
    SHARES
  • बराहपोखरीको गोकुलथुम्कामा टेलीकमको टावर

    खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाल टेलीकमको टावर विस्तार गरिएको छ । दुरदराजमा बसोबास गर्ने सेवाग्राहीलाई सञ्चारको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ बराहपोखरी गाउँपालिका–३ साउनेचौंरको गोकुलथुम्कामा नेपाल टेलीकमको टावर बिस्तार गरिएको हो । ठेकेदारको ढिलासुस्तीका बावजुद टेलीकमको टावर सञ्चालनमा आएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । 

    टावर सञ्चालनमा आएपछि बराहपोखरीको केन्द्र रहेको बाघखोर भञ्ज्याङ, सुन्तले, फाक्टाङ, मौवाबोटे, पौवासेरा लगायतका ठाउँमा फोन सम्पर्क नहुने समस्या हल भएको छ ।

    यसअघि टावर अभावमा सो क्षेत्रमा बेलामा फोन सम्पर्क नहुने समस्या थियो । सहजै फोन सम्पर्क हुन थालेपछि सेवाग्राही हर्षित भएका छन् । ठेकेदारको ढिलासुस्तीका कारण सो टावर ढिलागरी सञ्चालनमा आएको हो । 

    गाउँपालिका अध्यक्ष बञ्जराले बिहिबार सूचना जारी गर्दै टावर जडानका लागि पहल गर्ने कांग्रेसका जिल्ला सदस्य भुवन श्रेष्ठ लगायतका नेता तथा जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।

    समयमा टावर जडान कार्य सम्पन्न नभएका कारण भोल्टेज बढि हुँदा व्याट्री ओभर चार्ज भएर आंशिक क्षति भएकाले बेलुका र रातको समयमा अझै पनि नेटवर्क जाने–आउने समस्या कायम रहेको छ । सो समस्या हल गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको सूचनामा उल्लेख छ । 

    ba.jpg

     

    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १७:४३:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको