• ट्रेण्डिङ:

कोरोना महामारी

 कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ८ हजार ९६० जनामा संक्रमण पुष्टि

 कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ८ हजार ९६० जनामा संक्रमण पुष्टि

रोदिक खबर

३०, बैशाख २०७८
  • 1.7K
    SHARES
  •  कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ८ हजार ९६० जनामा संक्रमण पुष्टि

     काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ ।

    । पीसीआर विधिबाट १९ हजार ४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।जसमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

    मन्त्रालयका अनुसार १ हजार ३ सय ८१ जना आइसियु र ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

     

    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:०५:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको