शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नवनियुक्त प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहण साढे २ बजे

नवनियुक्त प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहण साढे २ बजे

रोदिक खबर

३१, बैशाख २०७८
  • 4.2K
    SHARES
  • नवनियुक्त प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहण साढे २ बजे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो साढे २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

    अन्य दलले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका ओली राष्ट्रपति भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली दोश्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए।

    प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १०:४३:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको