काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शुक्रबारशीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन्।
बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको समयमा कसैकाे दाबी नपरेपछि ठूलाे दलकाे संसदीय दलकाे नेताका हैसियतमा प्रधानमन्त्री बनेका हुन्।
यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन्। प्रधानमन्त्री ओलीले सबै पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन्।
१. केपी शर्मा ओली : प्रधानमन्त्री तथा रक्षा मन्त्रालय
२. इश्वर पोखरेल : उपप्रधानमन्त्री (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय)
३. राम बहादुर थापा : गृह मन्त्रालय
४. टोप बहादुर रायमाझी : उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
५. विष्णु पौडेल : अर्थ मन्त्रालय
६. प्रदीप ज्ञवाली : परराष्ट्र मन्त्रालय
७. हृदयश त्रिपाठी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८. लेखराज भट्ट : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
९. कृष्णगोपाल श्रेष्ठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१०. प्रभु साह : शहरी विकास मन्त्रालय
११. भानुभक्त ढकाल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१२. मणिचन्द्र थापा : खानेपानी तथा सरसफाई मन्त्रालय
१३. पद्मा अर्याल : कृषि तथा पशुपंक्षी मन्त्रालय
१४. वसन्त कुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१५. गौरीशंकर चौधरी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१६. पार्वत गुरुङ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
१७. डा. शिवमाया तुम्वाहाङ्फे : भूमी व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्रालय
१८. लीलानाथ श्रेष्ठ : कानुन मन्त्रालय
१९. गणेश सिंह ठगुन्ना : संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२०. प्रेम आले बन मन्त्रालय
२१. जली कुमारी महतो : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
२२. दावा लामा (तामाङ) : युवा तथा खेलकुद मन्त्रालय
१. नवराज रावत : स्वास्थ्य राज्यमन्त्री
२. रामवीर मानन्धर : शहरी विकास राज्यमन्त्री
३. बिमला बिक : उद्योग राज्यमन्त्री