• ट्रेण्डिङ:

खोटाङमा एकै दिन २६ संक्रमित थपिए, संक्रमितको संख्या ११८ पुग्यो 

खोटाङमा एकै दिन २६ संक्रमित थपिए, संक्रमितको संख्या ११८ पुग्यो 

रोदिक खबर

३१, बैशाख २०७८
  • 12.0K
    SHARES
  • खोटाङमा एकै दिन २६ संक्रमित थपिए, संक्रमितको संख्या ११८ पुग्यो 

    खोटाङ । खोटाङमा एकै दिन २६ संक्रमित थपिएका छन् । शुक्रबार साकेला गाउँपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, ऐसेलुखर्क गाउँपालिकामा ४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ११८ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । 

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५३ जना, साकेला गाउँपालिकामा २३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १६ जना, ऐसेलुखर्क गाउँपालिकामा १२ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिया संक्रमित छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । 

    साकेला गाउँपालिकामा संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा ११ जनालाई संक्रमण पूष्टी भएको हो ।

    पिसिआर परीक्षणका लागि बैसाख २२ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा नमूना पठाइएकामा शुक्रबार रिपोर्ट आएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।

    शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरपालिकाले गरेको एन्टीजेन परीक्षणबाट ७ जना र जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट दुई जनालाई संक्रमण पूष्टी भएको हो । संक्रमितमध्ये १०९ जना होमआइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ । 

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १९:५१:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको